close

जुम्लाले कसरी उठायाे सतप्रतिशत राजस्व ?

जुम्लाले कसरी उठायाे सतप्रतिशत राजस्व ?

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा सतप्रतिशत राजस्व स‌ंकलन गरेकाे छ । कार्यालयले गत आवमा  रू ४७ करोड बढी राजस्व सङ्कलन गरेको हाे ।

यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत रहेकाे कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए ।  उनका अनुसार सदरमुकाम खलङ्गास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य रू ४७ करोड ५६ लाख रहेकामा रू ४७ करोड २६ लाख सङ्कलन गरिएको हाे ।

'यस कार्यालयको राजस्व सङ्कलनको अवस्था राम्रो रहेको छ', सूचना अधिकारी उपाध्यायले भने, 'आव २०७८/७९ को तुलनामा रू सात करोड बढी राजस्व सङ्कलन भएकोे छ ।' विभिन्न शीर्षकबाट उक्त राजस्व सङ्कलन भएको सूचना अधिकारी उपाध्यायको भनाइ छ ।

उनका अनुसार कार्यालयको कार्यक्षेत्रभित्र पर्ने माथिल्लो कर्णालीअन्तर्गत जुम्ला, कालिकोट र मुगुका गरी २५ हजार करदाता सङ्ख्या बढेका छन् । १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् भने  करिब १२ हजार व्यक्तिगतरुपमा प्यानमा दर्ता भएका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

साउनमा चार करोड ५५ लाख राजस्व सङ्कलन 

आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो महिनामा रू चार करोड  ५५ लाख  राजस्व सङ्कलन भएको जनाएको छ । साउनमा रू तीन करोड ८६ लाख राजस्व उठाउने लक्ष्य रहेकामा राजस्व असुली रू चार करोड ५५ लाख पुगेको कार्यालयका सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।