close

जनप्रतिनिधिसँग जनताकाे माग : गुनासाे सुन्न घरघरमा आउनूस्

कागेश्वरी मनोहरा नगरपालिकाले प्रत्येक महिनाको पहिलो बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक सुनुवाई गर्दै आएको छ । पालिकाभित्रको कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा हुने सुनुवाईमा स्थानीय बासिन्दाले आफ्नो माग र गुनासो व्यक्त गर्ने तथा जनप्रतिनिधिले सो विषयमा जवाफ दिने गर्दछन् । बुधबारको सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले सडक, खानेपानी, बत्ती, शिक्षा तथा पालिकाको सेवाबारे विभिन्न गुनासो व्यक्त गरेका छन् ।

जनप्रतिनिधिसँग जनताकाे माग : गुनासाे सुन्न घरघरमा आउनूस्

कागेश्वरी मनोहरा नगरपालिकाले प्रत्येक महिनाको पहिलो बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक सुनुवाई गर्दै आएको छ । पालिकाभित्रको कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा हुने सुनुवाईमा स्थानीय बासिन्दाले आफ्नो माग र गुनासो व्यक्त गर्ने तथा जनप्रतिनिधिले सो विषयमा जवाफ दिने गर्दछन् । बुधबारको सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले सडक, खानेपानी, बत्ती, शिक्षा तथा पालिकाको सेवाबारे विभिन्न गुनासो व्यक्त गरेका छन् ।

Trulli
ADVERTISEMENT

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाका अधिकांश स्थानीय बासिन्दाले सडक,  खानेपानी, फुटपाथ तथा स्वास्थ्यबारे गुनासो गरेका छन् । नगरपालिकाको आयोजनामा बुधबार भएको सार्वजनिक सुनुवाइमा सहभागी भएका अधिकांश स्थानीयले सो विषयमा गुनासो पोखेका हुन् । 

दोस्रो कार्यकालका निर्वाचित जनप्रतिनिधिले पालिकाको विकासको राम्रो काम गर्दै आए पनि ढिला सुस्तीले स्थानीय बासिन्दा समस्यामा परेको गुनासो उनीहरूको छ। भर्चुअलमार्फत भएको कार्यक्रममा पालिकाभित्रका विभिन्न स्थानीयले आफ्नो समस्या र माग जनप्रतिनिधि समक्ष राखेका थिए । 

स्थानीय प्रेमकुमार थापा अन्य वडाको तुलनामा वडा नम्बर ४ मा कम विकास भएको आरोप लगाए । उनले केही मुख्य सडकमा उम्रेको झारले फोहर भएको र सोको उचित व्यवस्थापन गर्नसमेत माग गरे । ‘मुख्य सडकहरू बिचल्ली छ । मुख्य सडकमा पनि झार उम्रेर फोहर भरिएको छ,’ उनले भने, ‘फोहरको व्यवस्थापन कसरी गर्ने ? वडाले त्यसलाई कार्यान्वयन गरेर केही मान्छे राखेर ती झारहरू पन्छाएर सफा गर्नुपर्छ की ?’

उनले कागेश्वरी हराभरा बनाउनका लागि जनप्रतिनिधि जुझारु तरिकाले लाग्न आवश्यक रहेको बताए । उनले जनप्रतिनिधिले जनगुनासो सुन्नको लागि स्थानीयको घरघरमा आउन अनुरोध गरे । ‘विकास निर्माण कार्यका लागि वडाध्यक्ष जनताको घरघरमा जाँदा हुन्छ । जनता मात्रै सधैँ धाएर आउनु पर्छ भन्ने छैन । जनताको घरघरमा गएर गुनासो सुन्नु निर्वाचित जनप्रतिनिधिको काम पनि हो,’ उनले भने, ‘नगरप्रमुखसहितको टोलीले हरेक साता टोल टोलमा गएर गुनासो सुन्न सकिन्छ ।’

उनले पालिकामा भएको विकास निर्माण कार्यबारे स्थानीय बासिन्दालाई जानकारी गराउन समेत अनुरोध गरे । साथै अलपत्र विकास निर्माण कार्यको लागि वडाध्यक्षले आवश्यक बजेट ल्याउनका लागि पहल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

जवाफमा नगरप्रमुख उपेन्द्र काकीले उल्लेखित विषयमा पालिका र वडा अध्यक्षको ध्यानाकर्षण भएको बताए । उनले सो समस्यालाई सम्बोधन गर्दै भने, ‘यस विषयमा ध्यानाकर्षण भएको छ । वस्तुगत स्थितिलाई हेरेर समाधान गरिने छ ।’ 

वडा नम्बर ६ का स्थानीय रुपेश पौडेलले आफूहरूले विकासको अनुभूति गर्न नपाएकोमा जनप्रतिनिधिसमक्ष दुखेसो पोखे । ‘मनकामना मन्दिर हुँदै पौडेल गाउँबाट वडा नम्बर ७  जोड्ने सिमानाले लामो समयदेखि विकासको अनुभव गर्न पाएको छैन,’ उनले भने, ‘यो विषयमा नगरप्रमुख र वडा अध्यक्षसँग अनौपचारिक कुराकानीका साथै वडा कार्यालयमा डेलिगेसनसमेत गएको छ । तर कुनै पनि जानकारी पाउन सकेको छैन ।’ 

उनले २८ रोपनीको झुलको पाखा बन बिरुवा मात्रै नभई उत्पादनमुखी प्रोजेक्ट सञ्चालन गर्नसमेत अनुरोध गरेका छन् । 

उनको प्रश्नको सम्बोधन गर्दै वडा नम्बर ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले वडावासीको समस्या समाधान गर्नको लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले निर्माण कम्पनीको लापरबाहीले सो समस्या भएको र समाधानको लागि सम्पर्क गर्दै आएको जानकारी दिए ।  

‘निर्माण कम्पनीको लापरबाहीले सो सडकको अवस्था नाजुक नै छ । यो विषयमा हामी पनि चिन्तित छौँ,’ उनले भने, ‘आउँदो आर्थिक वर्षमा ठेक्का रद्द गरेर वा ठेकेदारसँग समन्वय गरेर गर्ने भन्ने विषयमा प्राविधिकसँग सल्लाह गर्दै आएका छौँ । यो ठेकदारको कारणले समस्या भएको हो ।’ 

झुलको पाखोलाई उत्पादनमुखी बनाउनका लागि नगर विकास प्रविधिकरणले राम्रो परियोजनाको लागि प्रस्ताव गरेको र वनको समिति सक्रिय भएर सो योजना मागको लागि अनुरोध गरेको उनले बताए । 

वडा नम्बर ७ का स्थानीय सुवास पराजुलीले सडक र बत्तीको हाइटे«सनबारे गुनासो पोखे उनले भने, ‘बत्ती पावरफुल छैन । विद्युत प्राधिकरणसँग समन्वय गरेर पोल हाल्ने काम भयो । तर वडाध्यक्षले जानकारी नभएको भनेपछि स्थानीयले हालेको पोल झिकियो ।’ आफूहरू  आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेकोमा उनले दुखेसो पोखे । 

जवाफमा वडा अध्यक्ष भिमसेन थापा सडकमा लामो समयदेखि ढल राखेको तर तत्कालीन समयमा ध्यान नपुगेकाले ढल फुटेर गएकोबारे पटक/पटक वडामा जानकारी आएका सुनाए साझेदारी कार्यक्रम मार्फत सो सडकको कालोपत्रे गर्न आवश्यक बजेट विनियोजन भइसकेको  उनले जानकारी दिए । ‘ढल व्यवस्थापनको लागि कार्यपालिका बैठकबाट निर्णय भएसँगै काम सुरु भएको हो,’ उनले भने, ‘वर्षायाममा सुरु भएकोले ढलहरू निकाल्नुपर्ने र नयाँ ढल राख्नु पर्ने भएकोले समस्या भएको हो ।’ 

उनले बत्ती जडान गर्दा पहिले नै सानो लाइन लगेको बताए । ‘हाइटेन्सन लाइन जाँदा व्यक्तिको घर जाने भएकाले सल्लाह अनुसार नै हटाउने कार्य भएको हो,’ उनले भने, ‘यसलाई छलफल गरी लैजान सकेको भए समस्या आउने थिएन । हाल सो समाधानको लागि प्राधिकरणसँग समन्वय गरिँदै आएको छ ।’ 

स्थानीय बासिन्दा साजन श्रेष्ठले ठलीको बाटोमा फुटपाथ निर्माण भए पनि झार उम्रिएकाले स्कुले बालबालिका मुख्य सडकको बीचमा हिँड्न बाध्य भएको बताए । ‘फुटपाथमा झार उम्रेकोले बालबालिका सडकबाट हिँड्छन् । जनप्रतिनिधि दैनिक सोही सडक आवतजावत गर्ने भए पनि  नजरअन्दाज गर्नु हुन्छ,’ उनले भने, ‘फुटपाथमा उम्रेको झार सफा गर्ने काम अहिलेसम्म भएको छैन । यसले नराम्रो दुर्घटना नहोस् ।’ 

जवाफमा नगरप्रमुख कार्कीले सो सडक सडक विस्तार आयोजनामार्फत अझै पनि निर्माण कै प्रक्रियामा रहेको बताए ।  ‘बाटोको केही विवाद र निर्माण कम्पनीको लापरबाहीले लामो समयदेखि काम रोकिएको छ । सो समस्या समाधानको लागि हामी निरन्तर लागेका छौँ,’ उनले भने, ‘आयोजनाको अण्डरमा सडक रहेकोले हामीले केही गर्न सकेका छैनौँ । तर हिँड्न लायकको सडक तत्काल बनाउने छौँ ।’ 

नगरपालिकाले नगर अस्पताल सञ्चालन गर्दै आए पनि गुणस्तरीय र प्रभावकारी सेवा नपाएको गुनासो गरिएको छ । स्थानीय बासिन्दा सिता चौलागाईले नगर अस्पतालमा धेरै कमी कमजोरी रहेको बताइन् । उनले नगर अस्पतालमा गुणस्तरीय सेवा दिनको लागि दुई सिफ्टमा सेवा विस्तार गर्न, निजी विशेषज्ञ सेवा दिन र सबै औषधि पूर्ण रूपमा उपलब्ध गराउन समेत नगरप्रमुख कार्कीसँग अनुरोध गरिन् ।

जवाफमा नगरप्रमुख कार्कीले पालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्य र शिक्षाको सुधारको लागि प्राथमिकता दिँदै आएको बताए । उनले नगर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गरिने जानकारी दिए । ‘आगामी दिनमा डाक्टरहरूको नियमित सेवा सञ्चालन हुने । इएस सर्भिसको तयारी भइरहेको छ। औषधि व्यवस्थापनको लागि आवश्यक कार्य भइरहेको छ,’ उनले भने ।