close

नगराइन नगरपालिकाले नगरसभा नगरेपछि...

नगराइन नगरपालिकाले नगरसभा नगरेपछि...

Trulli
ADVERTISEMENT

धनुषा - नगराइन नगरपालिकामा चालू आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट पारित हुन सकेको छैन । नगरपालिकामा जनप्रतिनिधिहररूबीच बजेट सिलिङ नमिलेपछि नगरसभा हुन नसकेको हो । 

नगरपालिकाका नगरप्रमुख विनयकुमार यादवका अनुसार चालू आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक भए पनि बजेट पारित नभएको हो । उनले आगामी साताभित्र नगरसभा सञ्चालन गरी बजेट पारित गर्ने पालिकाखबरलाई जानकारी दिए  । 

नगरसभा गर्नको लागि वडाभित्रका सबै जनप्रतिनिधिलाई बजेट सिलिङ पठाइसकेको उनले जानकारी दिए । जनप्रतिनिधिमार्फत जवाफ आएपछि बजेट पारित हुने उनको भनाइ छ । 

नगरपालिकामा नगरसभा नभएपछि सामान्य प्रशासनिक सेवाबाहेक राजस्व संकलन, खरिदविक्री तथा अन्य कार्य ठप्प रहेको उनले बताए । बजेट पारित भइसकेपछि सबै सेवा पूर्ण रुपमा सञ्चालन हुने उनको दाबी छ ।