close

करदाता शिक्षा शिविर सञ्चालन भएपछि राजस्वमा वृद्धि

करदाता शिक्षा शिविर सञ्चालन भएपछि राजस्वमा वृद्धि

Trulli
ADVERTISEMENT

नवलपरासी - बुलिङटार गाउँपालिकामा करदाता शिक्षा शिविर गरेसँगै राजस्व संकलनमा वृद्धि भएको छ । गाउँपालिकामा गत आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयको आयोजनामा शिविर सञ्चालन गरेको थियो । 

शिविर सञ्चालन भएयता राजस्व संकलनमा उल्लेख्य सुधार भएको गाउँपालिकाको अध्यक्ष ई. दिपेन्द्र सुनारीले बताए । कार्यालयको कर्मचारीसहितको टोलीले पालिकाभित्रका विभिन्न क्षेत्रमा स्थानीय करदाता तथा व्यवसायीलाई राजस्व संकलनबारे जानकारी दिएको उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार कतिपय स्थानीय बासिन्दालाई राजस्व संकलन के, कति र कसरी तिर्ने भन्ने जानकार थिएनन् । तर शिविरले अधिकांश स्थानीय व्यवसायीलाई सोबारे जानकारी भएको र कर तिर्न आएको उनले बताए । 

 गाउँपालिकाले स्थानीय कर कार्यालय तथा सरोकारवाला निकायसँग  समन्वय गरी कर शिक्षा शिविर सञ्चालन गर्ने योजना बनाएको उनले पालिकाखबरलाई सुनाए ।