close

गाउँपालिकालाई आत्मनिर्भर बनाउन ‘भूमि बैंक’

गाउँपालिकालाई आत्मनिर्भर बनाउन ‘भूमि बैंक’

Trulli
ADVERTISEMENT

पाँचथर– कुम्मायक गाउँपालिकाले भूमि बैंकको अवधारणा ल्याएको छ । गाउँपालिकामा खेती नगरेर बाँझो भएको जमिनको तथ्यांक संकलन गरी त्यसको सदुपयोग गरेर कृषकलाई आत्मनिर्भर बनाउन भूमि बैंकको अवधारणा ल्याइएको गाउँपालिकाले जनाएको छ । 

बाँझो जमिनको सदुपयोग गरेर उक्त क्षेत्रमा कृषि उत्पादन गर्न युवालाई प्रात्साहन गर्दै स्वरोजगार बनाउने गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले बताए ।  बाँझो जमिनलाई पैसामा रुपान्तरण गर्न भूमि बैंकको स्थापना नीति तथा कार्यक्रममा ल्याइएको उनले पालिकाखबरलाई बताए । ‘भूमी बैंकबाट खुर्सानी पकेट, सुन्तला पकेट, बेसार उत्पादन गरेर कृषकहरूलाई आत्मनिर्भर बनाउन सहयोग गछौँ,’ उनले भने । 

पालिकाभित्र धानबाली, रैथाने बाली संरक्षण, आलु पकेट, अँलैची खेती, ल्याब टेस्ट गरेर व्यावसायिक रुपमा बेसार खेती हुने गरेको उनले जानकारी दिए । 

आलु, बेसारलगायतका बालीको बिउमा लागत साँझेदारीमार्फत अनुदान दिएर उत्पादित बालीलाई बजारमा पुर्‍याउन सहयोग गर्ने उनले बताए । गाउँपालिकामा उत्पादन भएका बालीको मुल्य समायोजन गरेर न्यूनतम मूल्य पालिकाले नै तोक्ने उनले जानकारी दिए ।  

खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार, पिछडिएका वर्ग, भूमि बैंकजस्ता २२ वटा क्षेत्रको विकास गर्ने उदेश्य यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए ।