close

आठबिसकोटकाे ऋण मात्रै १३ कराेड

आठबिसकोटकाे ऋण मात्रै १३ कराेड

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - आठबिसकोट नगरपालिका करिब १३ करोड ऋणमा डुबेको छ । संघीय सरकार र प्रदेश सरकारले  स्थानीय तहको बजेट कटौती गर्दा योजनाको भुक्तानीमा समस्या भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा बजेट कटौतीले अप्ठ्यारोमा परेको हो ।

संघिय सरकारबाट आएको ५० प्रतिशत बजेट कटौती गर्दा गत वर्ष र चालु वर्षमा सम्पन्न भएका योजनालाई अन्तिममा भुक्तानी दिन समस्या भएको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय मणिराज शाहले बताए । उनले निर्माण सम्पन्न भइसकेकै योजनाको भुक्तानी दिन समस्या भएको बताए । 

'बजेट अनुसार योजना निर्माण गरी कार्यान्वयन गरौँ। अघिल्लो  र चालु आर्थिक वर्षको बजेट कटौतीले समस्या निम्त्याएको छ,' उनले भने  'यस बर्ष कार्यान्वयन भएका योजनाका भुक्तानी दिनका लागि आगामी वर्षमा बजेट विनियोजन गर्नुपर्ने समस्या सृजना भएको हो ।'

योजनाहरु तथा बिभिन्न कामहरुको समयमै भुक्तानी नहुँदा पालिकामा समस्या बढ्दै गएको छ । आर्थिक दायित्व बढेकोले सबै वडाबाट ५० प्रतिशत बजेट कटौती गरेर आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख रवि केसीको भनाइ छ । पालिकाले तिर्नुपर्ने आर्थिक दायित्त्व १३ करोड रहेको केसीले बताए । प्रमुख केसीका अनुसार अघिल्लो सरकारको नेत्तृत्वमा निर्माण भएका योजनाहरुको समेत भुक्तानी हुन नसकेको बताए । उनका अनुसार ५ करोड रकम संघिय सरकारले फिर्ता लिएको र प्रदेश सरकारले दिने भनेको बजेट समेत कटौति गर्दा  पालिकाको आर्थिक दायित्व बढ्दै गएको बताए ।

उनले संघ र प्रदेशमार्फत हुने बजेट कटौती गर्ने समस्यालाई रोक्न सङ्घले दबाब सिर्जना गर्ने बताए । 'स्थानीय तहको आन्तरिक आम्दानी कम हुँदा संघ र प्रदेश सरकारबाट आउने बजेट कटौतीले समस्या उत्पन्न भएको छ । आम्दानीका स्रोत बढाउनतर्फ नगरपालिकाले सोच्नुपर्ने भएको छ', उनले भने 'पालिकाका गौरवका योजनाहरूमा भुक्तानी समस्याले योजनाहरू अलपत्र हुने देखिन्छ ।'