close

फलफूलबाट मनग्य आम्दानी गर्दै राजपुरबासी

फलफूलबाट मनग्य आम्दानी गर्दै राजपुरबासी

Trulli
ADVERTISEMENT

रौतहट - राजपुर नगरपालिकामा व्यवसायिक रुपमा फलफूल खेती गर्दै आएको छ । नगरपालिकाबासीले केरा, आँप, लिचीँ तथा खाद्यान्न बालीको खेती गर्दै आएका हुन् । 

नगरपालिकाको कृषि शाखाका प्रमुख रुपेश कुमार ठाकुरका अनुसार स्थानीय बासिन्दाले जिविकोपार्जनका लागि नगदे बाली खेती गर्दै आएको हो । नगरपालिका क्षेत्रमा सो बालीको उत्पादन राम्रो भएकोले पछिल्लो समय युवाको आकर्षणसमेत बढेको उनले पालिकाखबरलाई बताए । 

बजारीकरणका लागि स्थानीय बासिन्दाले सहकारी संस्था तथा कृषि समूहसँग सहकार्य गर्दै आएको उनले सुनाए । उत्पादित सामग्रीको बजारीकरणमा समस्या भएको तर पालिकाले केही सहयोग गर्दै आएको उनले बताए । उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाले सिँचाइ, अनुदानमा सामग्री तथा सोलार वाटर पम्प वितरण गर्दै आएको उनको भनाइ छ ।