close

विद्युतीय भुक्तानी प्रणालीमार्फत दशैंभत्ता

विद्युतीय भुक्तानी प्रणालीमार्फत दशैंभत्ता

Trulli
ADVERTISEMENT

डोल्पा- हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिकाले पहिलोपटक विद्युतीय भुक्तानी सेवामार्फत तलब निकाशा गरेको छ । 

दशैंमा पहिलोपटक शिक्षक कर्मचारीको तलब भत्ता विद्युतीय भुक्तानी प्रणालीमार्फत निकासा शुरु गरिएको नगरपालिकाले जनाएको छ । विद्युतीय भुक्तानी प्रणालीमार्फत सम्बन्धित व्यक्तिकै खातामा पैसा हाल्न मिल्ने भए पनि यस वर्ष विद्यालयको खातामा शिक्षक कर्मचारीको तलब भत्ता निकाशा गरिएको नगरप्रमुख सुवर्ण बुढाले जानकारी दिए । 

त्यतिमात्र नभई ठूलीभेरी नगरपालिकाले सामाजिक सुरक्षाभत्ता समेत विद्युतीय भुक्तानी प्रणालीमार्फत निकास गरेको छ । पहिलो पटक शिक्षक कर्मचारी तलब भत्ताका लागि २ करोड ८८ लाख ७२ हजार ४३० रुपैयाँ निकासा भएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।