close

बजार अभावका कारण राँगा र खसीले मूल्य पाएन

बजार अभावका कारण राँगा र खसीले मूल्य पाएन

Trulli
ADVERTISEMENT

रौतहट - देवाही गोनाही नगरपालिकामा आय आर्जनका लागि पशु पालनलाई जोड दिएको छ । नगरपालिकाका अधिकांश स्थानीय बासिन्दा पशुपालनमा आवद्ध भएकाले पालिकाले जोड दिएको हो । 

नगरपालिकाको कृषि तथा पशु शाखा प्रमुख राम बिनय कुमार रजकका अनुसार पालिकाभित्र ७५ प्रतिशतले पशुपालन गर्दै आएका छन् । पशुपालनलाई थप आकर्षण बढाउनका लागि नगरपालिकाले पशु स्वास्थ्य शिविर, औषधि वितरण तथा सामग्री वितरण गर्दै आएको उनले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा पशु शाखाको लागि १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ । 

नगरपालिकामा पशुपालक कृषकको संख्या बढे पनि बजारको अभाव रहेको उनको भनाइ छ । नगरपालिका क्षेत्रमा हाट बजार नभएको उनले बताए । हाट बजार नभएकाले स्थानीय बासिन्दा आफैँले व्यापारी तथा व्यक्तिगत रुपमा पशु बिक्री गर्दै आएको उनले सुनाए । तर पशु विक्रीबारे पालिकासँगै कुनै तथ्यांक छैन ।