close

गाउँपालिकाले एक महिनामा संकलन गर्‍यो दुई करोड राजश्व

गाउँपालिकाले एक महिनामा संकलन गर्‍यो दुई करोड राजश्व

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- खुम्बु क्षेत्र अहिले पर्यटकीय सिजन हो । त्यसैले अहिले खुम्बु पासाङल्हामु गाउँपालिकामा विदेशी पर्यटकहरू हिमश्रृङ्खलाको अवलोकन गर्न आइरहेका छन् । 

पर्यटकीय स्थल खुम्बु पासाङल्हामुमा चालु आर्थिक वर्ष २०८०/८१ को असोजमा ९ हजार ८१० पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेका छन् ।   भदौमा १ हजार ३२४ पर्यटकले गाउँपालिका प्रवेश गरेका थिए । भदौको तुलनामा ८ हजार ४८६ अर्थात ८६.५ प्रतिशतले बढी हो । 

जसबाट गाउँपालिकाले असोज महिनामा मात्र एक करोड ९६ लाख २० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले पालिकाखबरलाई बताए । गाउँपालिकाले प्रतिपर्यटकबाट प्रवेश शुल्कबापत २ हजार रुपैयाँ लिने गरेको छ ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक तथ्यांकअनसिार साउन, भदौं र असोज सम्ममा ११ हजार ३४२ पर्यटक सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।