close

व्यवसाय गरे पालिकाले प्रचार गरिहाल्छ नि...

व्यवसाय गरे पालिकाले प्रचार गरिहाल्छ नि...

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिकाले दिपावली सुरु हुनुभन्दा केही हप्ताअघि मात्र एउटा सूचना प्रकाशित गर्‍यो । सूचना पालिकाको नीतिगत निर्णय तथा कुनै निर्देशन नभइ पुष्प किसानहरूको प्रचार थियो । 

गाउँपालिकाले दिपावलीमा कसैलाई फूलको अभाव नहोस् तथा प्लाष्टिक तथा रवरजन्य, खादा, माला, फूललगायतका वस्तु प्रतिवन्ध गरेको भन्दै ६ जना व्यावसायिक कृषकहरूको नाम र फोन नम्बर प्रकाशित गरेको हो । साे सूचना केही रोपनी जग्गामा खेती गर्ने व्यवसायीका लागि ठूलो सहयोग भएको पुष्प व्यवसायी बसन्ता घिमिरेले पालिकाखबरसँग बताइन् । घिमिरेले ४ कठ्ठा जग्गामा फूल खेती गरिरहेका छन् । घिमिरेले प्रतिकिलो ४०० रुपैयाँका दरले फूल बिक्री गर्दै आएकी छन् ।  

मंगलबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, 'आउदै गरेको तिहारको अवसरमा प्लाष्टिकजन्य, फुल, माला विक्री वितरण नगर्न, नगराउनुहुन सम्पूर्ण वर्ग तथा आम सर्वधारणमा अनुरोध गरिन्छ।'

विवाह, ब्रतवन्ध, भोज, भतेर, वनभोज स्थल, सार्वजनिक स्थलहरुमा प्लाष्टिकका थाल, कप, प्लेट, चम्चाहरुको प्रयोग गर्नुको सट्टा साल, मालुका लगायतका पातहरुबाट निर्मित दुना, टपरी तथा काठका चम्चाहरु प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ।