close

भरतपुर महानगरले भूकम्प पीडितलाई एक करोड सहयोग गर्ने

भरतपुर महानगरले भूकम्प पीडितलाई एक करोड सहयोग गर्ने

Trulli
ADVERTISEMENT

चितवन- जाजरकोट भूकम्प पीडितलाई भरतपुर महानगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आज आइतवार बसेको ८७औँ कार्यपालिका बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले पालिकाखबरलाई जानकारी दिए । 

भूकम्प प्रभावितका लागि जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको तीन दिनको तलब, मावि शिक्षकको तीन दिनको तलब, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको प्रमुख प्रसाशकीय अधिकृत रानाले बताए । 

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माण लगायतका काममा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरिनेछ ।