close

एक स्थानीय तहले ४ पालिकालाई ३/३ लाख सहयोग गर्ने

एक स्थानीय तहले ४ पालिकालाई ३/३ लाख सहयोग गर्ने

Trulli
ADVERTISEMENT

महोत्तरी- बर्दिबास नगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले १२ लाख सहयोग गर्ने घोषणा गरेको हो । 

सो रकम नगरपालिकाको स्थानीयको सहयोगमा संगलन गर्नका लागि सरकारी तथा गैरसरकारी संस्था, उद्योग वाणिज्य संघ, रेडक्रस सोसाईटी, राजनितिक दल, सामाजिक संस्था र निजी रुपमा सहयोग रकम उपलब्ध गराउन आग्रहसमेत गरेको छ । नगरपालिकाले आठबिसकोट, बारेकोट, सानिभेरी र मुसीकोट गरी ४ स्थानीय तहलाई सहयोग गर्ने जनाएको छ । 

सोमबार नगरपालिकामा बसेको बैठकले भूकम्प प्रभावित ४ स्थानीय तहहरुलाई ३ लाखका दरले रकम दिने निर्णय गरेको बर्दिवास नगरपाकिाकाले जनाएको छ ।