close

प्रतिथुङगा सयपत्रीको मूल्य ५ रुपैयाँ

प्रतिथुङगा सयपत्रीको मूल्य ५ रुपैयाँ

Trulli
ADVERTISEMENT

कास्की– पोखरा महानगरपालिकाले सयपत्री फूलको मूल्य निर्धारण गरेको छ । महानगरपालिकाले तिहारलाई लक्षित गरी स्थानीय सयपत्रीको फूलको मूल्य निर्धारण गरेको छ । 

महानगरपालिकाले एबीसी ग्रेडिङमा राखेर सयपत्री फूलको दररेट तोकिएको हो  । ए ग्रेड फूलको प्रतिथुङ्गा ५ रुपैयाँ, बी ग्रेड फूलको प्रतिथुङ्गा ४ रुपैयाँ र सी ग्रेड फूलको प्रतिथुङ्गा २ रुपैयाँ तोकेको महानगरले जनाएको छ ।

महानगरको बजारमा प्लाष्टिकका फूलमाला बिक्री वितरण तथा सयपत्री फूल आयातमा महानगरपालिकाले प्रतिबन्ध लगाएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकको संयुक्त बैठकको निर्णयअनुसार सयपत्री फूलको दररेट तोकेको महानगरले जनाएको छ ।