close

ड्रागनबाट बार्षिक डेढ करोड रुपैयाँ भित्र्याउँदै सुनवर्षी

ड्रागनबाट बार्षिक डेढ करोड रुपैयाँ भित्र्याउँदै सुनवर्षी

Trulli
फाइल तस्विर
ADVERTISEMENT

मोरङ- सुनवर्षी नगरपालिकामा पछिल्लो समय ड्रागन खेतीमा आकर्षण बढेको छ । पछिल्लो समय ड्रागन खेतीको बजार राम्रो भएकाले आकर्षण बढेको हो । 

नगरपालिकाको कृषि शाखाका अधिकृत नरेशकुमार साहका अनुसार पालिकाभित्र करिब ६ विघामा ड्रागन खेती हुँदै आएको छ । पालिकाभित्र तीन जना कृषकले व्यवसायिक रुपमा ड्रागन खेती गर्दै आएको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार खेतीबाट बार्षिक रुपमा एक जना कृषकले ३० देखि ५० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छ । ड्रागन खेतीमा आम्दानी राम्रो भएकोले पनि युवाहरुको आकर्षण बढ्दै गएको उनले भनाइ छ । 

नगरपालिका क्षेत्रभित्र ०७५ सालदेखि ड्रागन खेती सुरु भएको उनले सुनाए । बोट लगाएको एक वर्षपछि उत्पादन सुरु भएको उनले जानकारी दिए । 

उत्पादित ड्रागन विराटनगर, काठमाडौँलगायत विभिन्न क्षेत्रमा बेचविखन गरिने उनको भनाइ छ । कृषक आफैँले बिक्री गर्दै आएपनि नगरपालिकाले बजारीकरणका लागि आवश्यक समन्वय गर्दै आएको उनले बताए । 

ड्रागन खेतीका बजारीकरण, कोल्ड स्टोर तथा किराको समस्या भएको उनले सुनाए । सो समस्या समाधानको लागि नगरपालिकाले प्राविधिकसहितको टोलीले परामर्श दिँदै आएको उनले बताए । कोल्ड स्टोरको लागि हालको लागि कुनै योजना नभएकाले उनले सुनाए ।
नगरपालिकामा अधिकांश स्थानीय कृषिमा आत्मनिर्भर रहेकाले एकीकृत कार्यक्रम ल्याएको उनले बताए । ड्रागन खेतीको लागि मात्रै निर्धारित कुनैै कार्यक्रम नबनाएको उनले सुनाए । 

उनका अनुसार नगरपालिकाले अनुदानमा विभिन्न सामग्री वितरण गर्दै आएको छ । कृषिमा आधुनिकीकरणका लागि ५ देखि ५० प्रतिशतसम्म अनुदानमा सामग्री वितरण गरेको उनले दावी गरे । नगरपालिकामा धान, गहुँ, मकैलगायतको खाद्यान्न बालीसमते उत्पादन हुँदै आएको छ ।