close

सयपत्री फूल प्रतिकेजी ५०० रुपैयाँ

गाउँपालिकाले वर्गीकरण गरी मूल्य निर्धारण गरेको

सयपत्री फूल प्रतिकेजी ५०० रुपैयाँ

गाउँपालिकाले वर्गीकरण गरी मूल्य निर्धारण गरेको

Trulli
ADVERTISEMENT

नवलपरासी– कावासोती नगरपालिकाले सयपत्री फूलको मूल्य निर्धारण गरेको छ  । नगरपालिकाले सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ मूल्य निर्धारण गरेको हो ।

नगरपालिकाले नगरभित्रका सयपत्री फूलको खेती गर्ने कृषक र सम्पूर्ण सरोकारवालाको बैठकबाट सयपत्री फूलको खुद्रा मूल्य निर्धारण गरेको हो । साेही बैठकबाट स्थानीय सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ  निर्धारण गरेको जनाइएकाे छ।

साथै नगरपालिकाले ग्रेडिङमा राखेर सयपत्री फूल मालाको दररेट तोकेको छ । ग्रेड 'ए' को फूलको १३० रुपैयाँ, ग्रेड 'बी' को फूलको मूल्य १२० रुपैया र ग्रेड 'सी' को  फूलको मूल्य १०० रुपैयाँ तोकेको छ । प्लाष्टिकजन्य फूलको मालाको प्रयोग नगर्न र स्थानीय तथा स्थानीयस्तरमा उत्पादित फूल मालाको प्रयोगमा प्राथमिकता दिन नगरपालिकाले अनुरोध गरेको छ ।