close

प्रयोग भइसकेको फूल पालिकाले किन्ने

प्रयोग भइसकेको फूल पालिकाले किन्ने

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिकाले प्रयोग भइसकेको फूल प्रतिकेजी ५० रुपैयाँमा लिने भएको छ । 

पालिकाले तिहारमा प्रयोग भइसकेको फूल गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनेलार्ई  प्रतिकेजी ५० रुपैयाका दरले दिने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘सयपत्री फूलको प्रयोग पूजा आरधना र माला लगाउनमा मात्र नभएर अरु थुप्रै ठाउँमा गर्न सकिन्छ । त्यसकारण तिहारमा सयपत्री फूलको प्रयोगपछि खेर फाल्ने फूललाई राप्ती गाउँपालिकाको कार्यालय मा उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।’

पालिकाले तिहार अघि प्लास्टिक जन्य फुलमालामा कडाइ गर्दै स्थानीय रुपमा उत्पाउन हुँदै आएका फुलको प्रवर्द्धा गर्न पुष्प व्यवसायीको नम्बरसमेत सार्वजनिक गरेको थियो ।