close

सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा २०० रुपैयाँ बढेको जनाएको छ । 

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।