close

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार ८५८ दशमलव ५३ मा सीमित भएको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको सेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ । कुल ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता सेयर रु एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ मूल्यमा कारोबार भएको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्षस्थानमा छ । सो कम्पनीको ११ करोड ६७ लाख १२ हजार ३०० बराबरको कारोबार भयो ।

सोनापुर मिनरल्स आठ करोड ४९ हजार ४०१, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर पाँच करोड १९ लाख ४९ हजार १३१, सोल्टी होटल चार करोड ३९ लाख ७० हजार २०२ र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स तीन करोड २६ लाख ३९ हजार ३९४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।