close

एक तोला सुनको मूल्य एक लाख २० हजार नाघ्यो

एक तोला सुनको मूल्य एक लाख २० हजार नाघ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं- आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँ बढ्दै नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँको उच्च रेकर्ड बनेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।