close

४६ अङ्कले बढ्दा शेयर बजारमा हरियाली

४६ अङ्कले बढ्दा शेयर बजारमा हरियाली

Trulli
ADVERTISEMENT

काठमाडौं- शेयर बजारमापक नेप्से परिसूचक आज करिब ४६ अंकले उकालो लाग्दा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ४५.९८ अङ्कले बढेर २१०६.४८ विन्दुमा पुगेको छ ।

नेप्से गएको साउनयता पहिलो पटक २१०० विन्दुभन्दा माथि पुगेको हो । आज सबै समूहको शेयर उकालो लागेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

आज बजार बढे पनि कारोबार रकम भने हिजो सोमबारभन्दा घटेको छ । आज पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ ।