close

छुर्पी उत्पादन गर्नेलाई प्रतिकेजी ५० रुपैयाँ प्रोत्साहन

छुर्पी उत्पादन गर्नेलाई प्रतिकेजी ५० रुपैयाँ प्रोत्साहन

Trulli
ADVERTISEMENT

पाँचथर - कुम्मायक गाउँपालिकाले छुर्पी उत्पादकलाई प्रतिकेजी ५० रुपैयाँ प्राेत्साहन वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र पशु पालन गर्दै आएको कृषकलाई छुर्पी प्रवर्द्धन कार्यक्रम अन्तर्गत  साे प्रोत्साहन रकम वितरण गर्न लागेकाे हाे ।

गाउँपालिकाको पशुपन्छि सेवा शाखाका पशु चिकित्सक डा. नागेन्द्रबहादुर दाहालले सो कार्यक्रम सञ्चालनको लागि कार्यविधि निर्माण भइरहेको छ । गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका दूध डेरीहरुको मापदण्ड पुरा गर्ने तरिका र सोका लागि आवश्यक सहयोगसमेत गरिने उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार गाउँपालिकामा करिब दुई वटा डेरीले धेरी दूध संकलन गर्दै आएको छ । साथै केही स-साना दूध डेरी पनि सञ्चालन हुँदै आएको उनको भनाइ छ । 

दूध डेरीले दूध संकलन गर्ने भए बजारीकरणमा समस्या हुने गरेको उनले सुनाए । दूध डेरीले संकलन गरेको दूध केही मात्रै बिक्री हुन्छ । अधिकांश दूधबाट दूधजन्य सामग्री बनाएर बिक्री गर्ने हो,’ उनले भने, ‘सो सामग्रीलाई बजारी भेगमा लगेर बिक्री गरिन्छ ।’

अधिकांश दूधबाट घ्यू र छुर्पी बनाउने उनले सुनाए । सो सामग्री लामो समयसम्म पनि नबिग्रिने भएकाले धेरै बनाउने गरेको उनको भनाइ छ । स्थानीय बासिन्दाले बनाएको छुर्पी तथा घ्यूको बजारीकरण पनि आफैँले गर्दै आएको उनले सुनाए । 

उनका अनुसार गाउँपालिकामा अधिकांशले पशुपालन गर्दै आएका छन् । ‘यहाँको मूख्य पेशा नै कृषि र पशुपालन हो । त्यसैले पनि दूधजन्य सामग्री उत्पादन हुन्छ,’ उनले भने । उनका अनुसार गाउँपालिकाभित्र करिब २०० जनाले व्यवसायिक रुपमा पशु पालन गर्दै आएको छ । 

दैनिक १ देखि ३ केजी छुपी उत्पादन गर्नेलाई प्रतिकेजी ५० रुपैयाँ,  ३ देखि ५ केजी उत्पादन गर्नेलाई प्रतिकेजी ४० रुपैयाँ र ५ केजीभन्दा माथि उत्पादन गर्नेलाई प्रतिकेजी ३० रुपैयाँको दरले प्रोत्साहन रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ ।