close

कुम्मायकमा अदुवा पवर्द्धन कार्यक्रम

कुम्मायकमा अदुवा पवर्द्धन कार्यक्रम

Trulli
ADVERTISEMENT

पाँचथर  - कुम्मायक गाउँपालिकाले ७० प्रतिशत अनुदानमा अदुवाको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले अदुवालाई प्रर्वद्धन गर्नको लागि अनुदानमा बीउ वितरण गर्न लागेको हो । 

गाउँपालिकाले अदुवा पकेट निर्माण गर्नको लागि स्थानीय बासिन्दालाई बीउ वितरण गर्नको लागि अनुदानमा बीउ वितरण गर्नको लागेको कृषि अधिकृत सबिन खतिवडाले बताए । गाउँपालिकाले वडा नम्बर १ र ३ का स्थानीय बासिन्दालाई लक्षित गरी बीउ वितरण गर्न लागेको उनले पालिकाखबरलाई सुनाए । 

बीउ वितरण गर्नको लागि गाउँपालिकाले ७० प्रतिशत र स्थानीय बासिन्दाले ३० प्रतिशत लागत व्यहोर्नु पर्ने उनले जनाएको छ । स्थानीय बासिन्दालाई मागको आधारमा अदुवाको बीउ वितरण गर्ने उनले जानकारी दिएका छन् । 

उनका अनुसार गाउँपालिकाले चालु आवमा वडा नम्बर १ र ३ गरी २२८ मन अदुवाको बीउ वितरण गर्न लागेको छ । सोका लागि गाउँपालिकाले चालु आवमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । 

गाउँपालिकामा उत्पादित भएको अदुवा स्थानीय बजारका साथै धरानमा बिक्री हुने उनले सुनाए । उत्पादित अदुवालाई खरिदको लागि व्यापारी बारीमै आउने गरेको उनको भनाइ छ ।