close

१० दिने लालबन्दी महोत्सव सकियो, आज कलाकाहरूको प्रस्तुति रहने

१० दिने लालबन्दी महोत्सव सकियो, आज कलाकाहरूको प्रस्तुति रहने

Trulli
ADVERTISEMENT

सर्लाही- 'कृषि, पर्यटन, व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार' भन्ने मूल नारासहित जारी प्रथम लालबन्दी महोत्सवको समापन सत्र आइतबार सुरु भएको छ । 

आइतबार समापन सत्रमा कलाकारहरूले मनोरञ्जन दिने कार्यक्रम राखिएको छ । आज चर्चित मोडल प्रीति पासवान, गायिकाहरू एन्जिला रेग्मी, टीका प्रसाईं र सहिमा श्रेष्ठको साङ्गीतिक प्रस्तुतिसँगै महोत्सव सकिने नगरपालिकाले जनाएको छ । 

उद्योग वाणिज्य संघ लालबन्दीका अनुसार दिउँसो १ बजेदेखि समापन समारोह सुरु भएको छ । लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यमा समापन समारोहमा जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको छ । 

आज अपराह्न ३ बजेदेखि राति ९ बजेसम्म कलाकारहरूको प्रस्तुति रहने आयोजकले बताएका छन्‌ । कठिन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी गत फागुन १० गतेदेखि महोत्सव आयोजना गरिएको हो ।