close

व्यवसाय अनिवार्य दर्ता गर्न म्याग्देको निर्देशन

व्यवसाय अनिवार्य दर्ता गर्न म्याग्देको निर्देशन

Trulli
ADVERTISEMENT

तनहुँ– म्याग्दे गाउँपालिकाले पालिकाभित्र सञ्चालित व्यवसाय अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ । गाउँपालिकाले गत मंसीर १० गते सुचना प्रकाशन गरी दर्ता गर्न आह्वान गर्दा सबै व्यवसायी गाउँपालिकाको कानुनी दायरामा नआएकाले पेशा व्यवसाय दर्ता गर्न पुन: निर्देशन दिएको हो । 

आइतबार गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट, किराना पसल, व्यवसायिक फर्म, उद्योग व्यवसाय, परामर्शदाता लगायतका व्यवसायीहरुलाई अनिवार्य रुपमा दर्ता गर्न निर्देशन दिएको छ । व्यवसायिहरुले सूचना प्रकाशन भएको १५ दिन भित्र अनिवार्य रुपमा दर्ता हुन गाउँपालिकाले आह्वान गरेको छ । 

तोकिएको समयमा व्यवसाय दर्ता नगरेमा वा सुचिकृत नभएमा गाउँपालिकाले नियमानुसार आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ ।