close

समस्या समाधान नभए महासंघको आसन्न महाधिवेशन निर्णायक हुने

‘पछिल्लो समय गलत बाटोबाट ल्याइएका मोबाईलको बिक्री वितरण बढेका कारण त्यसबाट 'जेनियुन' व्यवसायीले दुःख पाइरहेको बारे जानकारी लिन पाएँ, अब सुधार हुन्छ ।’

समस्या समाधान नभए महासंघको आसन्न महाधिवेशन निर्णायक हुने

‘पछिल्लो समय गलत बाटोबाट ल्याइएका मोबाईलको बिक्री वितरण बढेका कारण त्यसबाट 'जेनियुन' व्यवसायीले दुःख पाइरहेको बारे जानकारी लिन पाएँ, अब सुधार हुन्छ ।’

Trulli
ADVERTISEMENT

दाङ- लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले मोबाईलको अवैध आयातलाई निरुत्साहित गर्न मन्त्रालयले तत्काल पहल थाल्ने बताएका छन् । 

नेपाल मोबाईल व्यवसायी महासंघको लुम्बिनी प्रदेश अधिवेशनमा बोल्दै मन्त्री पन्थीले संघ सरकारलाई समेत यसबारेमा गम्भिर ध्यानाकर्षण गराउने बताएका हुन् ।

‘पारदर्शी रुपमा व्यवसाय गर्नेहरुको मनोबल उच्च राख्दै गलत प्रवृत्तिको निर्मूल गर्न तिनै तहका सरकार गम्भिर भएर लाग्नुपर्छ’ मन्त्री पन्थीले भने, ‘पछिल्लो समय गलत बाटोबाट ल्याइएका मोबाईलको बिक्री वितरण बढेका कारण त्यसबाट 'जेनियुन' व्यवसायीले दुःख पाइरहेको बारे जानकारी लिन पाएँ, अब सुधार हुन्छ ।’

कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी पछिल्लो समय मुलुकमा देखिएको आर्थिक असहजताका कारण व्यवसायी पलायन हुनुपरेको अवस्था आएको भन्दै यसबारे गम्भिर समिक्षा गर्दै सरकार अघि बढ्नुपर्ने सुझाव दिए । 

उनले आफ्नो नगर क्षेत्रका व्यवसायीलाई पर्ने पिरमर्का बारे आफुसँग खुला रुपमा छलफलमा आउन आब्हान गर्दै आफु जहिले पनि समस्या समाधानका लागि तयार रहेको प्रतिबद्धता समेत जनाए । 

नेपाल मोबाईल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष भरत भट्टराईले मोबाईल व्यवसायीका समस्या देशैभरीका एकै खालका भएको भन्दै तिनको समाधानका लागि महासंघले संघीय सरकारसँग निरन्तर समाधानका लागि पहल गरिरहेको बताए । 

अध्यक्ष भट्टराई र महासचिव रमेश कुमार घिमिरेले महासंघको आसन्न महाधिवेशन अघि नै सरकारले व्यवसायीका मुद्दा सम्बोधन गर्नेमा विश्वस्त रहेको बताए । अन्यथा, मुलुकभरबाट आएका महाधिवेशन प्रतिनिधिले गर्ने जटिल निर्णयको जिम्मेवार सरकार स्वयं हुनुपर्ने चेतावनी दिए । 

लुम्बिनी प्रदेशका १२ जिल्लाका २०० भन्दा बढी प्रतिनिधिको उपस्थितीमा महाधिवेशन सम्पन्न भएको लुम्बिनी प्रदेश अध्यक्ष शेष नारायण शर्माले बताए । 

कार्यक्रममा केन्द्रबाट अध्यक्ष, महासचिवसहित केन्द्रीय सदस्यहरु दिपक बहादुर भण्डारी, केशव खनाल, दिपक पाण्डे, विष्णु ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।