काठमाडौं– एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले लक्ष्मी बैंकलाई २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट सम्मानित गरेको छ । सो उपाधि एडीबीको ट्रेड तथा सप्लाइ चेन फाइनान्स योजनाअन्तर्गत रहेको बैंकले बताएको छ । यो एडीबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिएको छ ।
लक्ष्मी बैंकले यो उपाधि लगातार दोस्रो वर्ष पाउन सफल भएको हो ।
एडीबीले यो उपाधि २०२० जुलाई १ देखि ३० जुन २०२१ अवधिभर गरिएको विभिन्न सहकार्यका आधारमा दिने गरेको छ । सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझौला तथा ठूला संस्थासँग कारोबार गरी सबैभन्दा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।
एडीबीको लिडिङ पार्टनर बैंक उपाधिले व्यापार तथा वित्त, परिचालन क्षमता, वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापन बलियो बनाउने प्रयासलाई थप सार्थक बनाएको लक्ष्मी बैंकले बताएको छ ।
कोभिड–१९ का कारण भर्चुअलमार्फत उपाधि दिइएको उक्त कार्यक्रममा २ सयभन्दा बढी साझेदार बैंक उपस्थित थिए भने २५ वटा बैंकलाई २० श्रेणीमा विभिन्न उपाधिद्वारा सम्मान गरिएको बैंकले जनाएको छ ।