close

गरिमा विकास बैंकले मनायो वार्षिकोत्सव

गरिमा विकास बैंकले मनायो वार्षिकोत्सव

Trulli
ADVERTISEMENT

काठमाडौं– गरिमा विकास बैंक मंगलबार स्थापनाको १४ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा केन्द्रीय कार्यालय लाजिम्पाटसहित कुमारीपाटी, सभागृह, बेनी, वालिङ, बुटवल, सुनवल, नारायणगढ, कावासोती, वीरगञ्जलगायत २१ शाखा कार्यालयमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।


मुख्य कार्यालयमा भएको रक्तदान कार्यक्रममा बैंकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको थियो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको बैंकले बताएको छ । 


बैंकले वार्षिकोत्सव अवसर पारेर मंगलबार एकैसाथ ५ वटा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले पथरी शाखा मोरङ, झुम्का शाखा सुनसरी, सातदोबाटो शाखा ललितपुर, माछापोखरी शाखा काठमाडौं र गुलरिया शाखा बर्दियामा एकैसाथ कारोबार सुरु गरेको हो ।


कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकलाई ग्राहकमैत्री बनाउन विभिन्न योजना अगाडि सारिएको जानकारी दिए ।
हाल बैंकले ६७.१६ अर्ब निक्षेप संकलन र ६१.२१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।  हाल बैंकले ११५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।