close

जानकी मन्दिरलाई नेपाल एसबीआई बैंकको सहयोग 

जानकी मन्दिरलाई नेपाल एसबीआई बैंकको सहयोग 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसर सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ । सहयोगले जानकी मन्दिरको सौन्दर्य वृद्धि हुनुका साथै पर्यटन प्रवद्र्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाइमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


बैंकले जानकी मन्दिरमा क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ । यसबाट स्वदेशी तथा विदेशी तीर्थयात्रीले डिजिटल माध्यममार्फत चन्दा दिँदा सहज हुनेछ । डिजिटल दान गर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकलाई सहज हुने बैंकको विश्वास छ ।


कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले डस्टबिन, क्यूआर कोड, पीओएस मन्दिरका महन्थ रामरोशनदास वैष्णलाई हस्तान्तरण गरे ।


सो अवसरमा बैंकका प्रदेश २ प्रमुख लेखनाथ पोखरेल, जनकपुर शाखा प्रबन्धक दीपेन्द्र ठाकुरलगायत उपस्थिति थिए । जानकी मन्दिर व्यवस्थापनका तर्फबाट महन्थ रामतपेश्वरदास वैष्णव, पुजारी ऋषिकेश झा र मन्दिर व्यवस्थापनका पदाधिकारी तथा तीर्थयात्रीको उपस्थिति थियो ।