close

ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकको सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं– ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत काठमाडौंको साँखुस्थित द्वन्द्वपीडित अपांग समाज (नेपाल) लाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिका निम्ति आवश्यक औषधी हस्तान्तरण गरेको छ ।


अन्तर्राष्ट्रिय अपांग दिवस अवसरमा बैंकको साँखु शाखा प्रबन्धक रीमा प्रधानले शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्वपीडित अपांग समाज (नेपाल) का अध्यक्ष युवराज थापालाई ५० हजार रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरे ।
बैंकले हाल १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।