close

ग्लोबल आइएमई बैंकले लियो बेलायतको विकास वित्त संस्थाबाट ३ अर्ब ऋण

ग्लोबल आइएमई बैंकले लियो बेलायतको विकास वित्त संस्थाबाट ३ अर्ब ऋण

Trulli
ADVERTISEMENT

काठमाडौं– ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट हुँदै छ) बाट २५ मिलियन अमेरिकी डलर करिब ३ अर्ब रुपैयाँ ऋण लिने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । 


बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौता आदान–प्रदान गरे । 


सिडिसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नेछ । साथै, बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्र जस्तै जलविद्युत्, नवीकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्नेछ ।


ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ । 


सिडिसी ग्रुपका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख स्रिनि नागाराजनले नेपाल सधैँ सिडिसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जाल पुगेको ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे ।