close

   नेपाल बंगलादेश बैंकको अनलाइन मुद्दती खाता  

   नेपाल बंगलादेश बैंकको अनलाइन मुद्दती खाता  

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल बंगलादेश बैंकले ग्राहक सुविधालाई ध्यानमा राखेर अनलाइनबाटै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दती खाता खोल्न सकिनेछ ।


बैंकले यो योजना विशेषगरी नेपाली तथा आप्रवासी नेपालीका लागि ल्याएको जनाएको छ । योजनाअन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुन सक्नेछन् । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।