close

एनएमबी बैंकको अगुवाइमा २ जलविद्युत् आयोजनामा ३ अर्ब बढी लगानी

एनएमबी बैंकको अगुवाइमा २ जलविद्युत् आयोजनामा ३ अर्ब बढी लगानी

Trulli
ADVERTISEMENT

काठमाडौं– एनएमबी बैंकले दुई जलविद्युत् आयोजना निर्माणको वित्तीय व्यवस्थापन गर्ने भएको छ । बैंकल दुई विद्युत् आयोजनाको १३ दशमलव ५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर कावेली खोला ए जलविद्युत् आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत् आयोजनामा मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । 


प्रदेश १ अन्तर्गत ताप्लेजुङमा रहेको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला ए जलविद्युत् आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत् आयोजना क्रमशः स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिद्वारा निर्माण भइरहेको छ । ती आयोजनामा एनएमबी बैंकले अगुवाइ गर्नेछ भने सह–वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

 

१३ दशमलव ५ मेगावाट (सुपर कावेली खोला ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत् आयोजना) क्षमता भएको आयोजनाको कुल लागत क्रमशः २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रुपैयाँ छ ।

 

आयोजनामा बैंकको लगानी क्रमशः १ अर्ब ८९ करोड तथा १ अर्ब ६७ करोड रुपैयाँ रहने जानकारी गराइएको छ । बैंकले हालसम्म ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ । वातावरणीय तथा सामाजिक नीति तयार पारेर त्यसबमोजिम कम्पनीले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको बैंकले बताएको छ ।