close

७ वटै प्रदेशमा ग्लोबल आइएमई बैंकले रक्तदान

७ वटै प्रदेशमा ग्लोबल आइएमई बैंकले रक्तदान

Trulli
ADVERTISEMENT

काठमाडौं–ग्लोबल आइएमई बैंकले १५औँ वार्षिकोत्सव अवसरमा देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले १६ पुसमा ७ वटै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

 


कार्यक्रमअन्तर्गत प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लहान शाखा, सिराहा, बागमती प्रदेशको कान्तिपथ शाखा, काठमाडौं, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा कास्कीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

 


यस्तै, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल रुपन्देही, कर्णाली प्रदेशको वीरेन्द्रचोक शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय चटकपुर, धनगढीमा १६ पुसमा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ ।

 

 

देशभर आयोजित कार्यक्रममा ४१६ रक्तदाताबाट १८७ लिटर रगतदान गरिएको बैंकको भनाइ छ । बैंकले वार्षिकोत्सव अवसरमा डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक गतिविधि सञ्चालन गरिरहेको छ । ग्लोबल आइएमई बैंकले आइतबार वार्षिकोत्सव मनाउँदै छ ।