close

नेपाल–बंगलादेश बैंकको वित्तीय साक्षरता

नेपाल–बंगलादेश बैंकको वित्तीय साक्षरता

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ अवलम्बन गर्दै नेपाल–बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । 

 

कार्यक्रममा क्याम्पसका १७० विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । उक्त अवसरमा बैंकका भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपादेयिताबारे विद्यार्थीलाई जानकारी गराएको बैंकले जनाएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, ८४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।