close

एक हप्ता फोहर घरबाट ननिकाल्न आग्रह

एक हप्ता फोहर घरबाट ननिकाल्न आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्तासम्म फोहोर बाहिर ननिकालिदिन आग्रह गरेको छ । 

महानगरले बुधबार एक सूचना जारी गरी नगरवासीहरूमा यस्तो आग्रह गरेको हो । 

काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जनस्थल बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित सडक निर्माण कार्य सम्पन्न गरी सुचारु गर्न कम्तीमा एक हप्ता लाग्ने भएकाले कुहिने र नकुहिने फोहोर छुट्याएर एक हप्तासम्म घरमै व्यवस्थापन गर्न जारी सूचनामा उल्लेख गरिएको छ । 

‘कम्तीमा एक हप्ता सवारी साधन आवागमन बन्द गरिदिन भनी शहरी विकास तथा भवन विभागबाट लेखी आएकाले उक्त अवधिसम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखी दिनुहुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गर्दछु ।