close

सिसडोल र बञ्चरेडाँडाबासीले अब कहिल्यै काठमाडौँको फोहर फाल्न नदिने

सिसडोल र बञ्चरेडाँडाबासीले अब कहिल्यै काठमाडौँको फोहर फाल्न नदिने

Trulli
ADVERTISEMENT

काठमाडौंँ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले अबदेखि कहिल्यै  काठमाडौँको फोहोर फाल्न नदिने घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट सरोकार समितिले भदौ १ गतेदेखि सधैँका लागि उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेको हो ।

महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल्ड साइट खोजेर बञ्चरेडाँडाबासीलाई बेवास्ता गर्न खोजेको आरोप उनीहरुको छ । 

सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार समितिले ल्याण्डफिल्ड साइट सरोकार समितिले यो विषयबारे प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा जानकारी गराइसकेको जानकारी दिए ।