close

४६ बोरा तरकारीभित्र लुकाइराखेको ६ बोरा गाँजा बरामद

४६ बोरा तरकारीभित्र लुकाइराखेको ६ बोरा गाँजा बरामद

Trulli
फाइल
ADVERTISEMENT

विराटनगर । तरकारी बोकेर भारततर्फ जाँदै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । 

गएराति  संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले १५६ किलो (६ बोरा) गाँजा बरामद गरेको हो । 

बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १-०२-००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजा भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा ४६ बोरा बन्दा कोपी र ६ बोरा गाँजा थियो ।

गाँजासहित पक्राउ परेका शहीदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।