close

महाराजगञ्ज नगरपालिकामा कुटपिटबाट एक जनाको मृत्यु

महाराजगञ्ज नगरपालिकामा कुटपिटबाट एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । कपिलवस्तुको  महाराजगञ्ज नगरपालिका–२ पडरियामा सिँचाइको विषयमा भएको विवादमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

कुटपिटबाट ६८ वर्षका अब्दुल जब्बार धुनियाको  मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेकोमा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न बाबु छोरालाई  प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।