close

४ जनाको सामुहिक हत्या प्रकरणमा शंकास्पद एक प्रकाउ

४ जनाको सामुहिक हत्या प्रकरणमा शंकास्पद एक प्रकाउ

Trulli
ADVERTISEMENT

मुगु- छायाँनाथ नगरपालिका-६ मा तीन बालबालिकासहित चार जनाको शंकास्पद हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । 

आइतबार नियन्त्रणमा लिइएको ती व्यक्तिको परिचय  प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतका अनुसार सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

अहिलेसम्म घटनाको विषयमा कुनै 'क्लू' भने पत्ता नलागेको उनले बताए । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित विशेष टोलीमा खटिएको छ । 

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।