close

विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

Trulli
ADVERTISEMENT

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । 

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११:५१ मा काठमाडौं अवतरण गरेका थिए । 

यसअघि १४ किलो सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने शुक्रबार प्रहरीले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।