close

गाउँपालिकाले दियो मृतकका परिवारलाई किरिया खर्च

गाउँपालिकाले दियो मृतकका परिवारलाई किरिया खर्च

Trulli
ADVERTISEMENT

म्याग्दी ।  मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई किरियाखर्च प्रदान गरेको छ । 

यही साउन १७ गते पहिरोमा पुरिएर मालिका–२ गाल्दामा घामबहादुर विकको परिवारका पाँच जनाको निधन भएको थियो । १३औँ दिनको पुण्यतिथि पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्चबापत आइतबार एक लाख २५ हजार उपलब्ध गराएको वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए । 

वडा कार्यालयले आयोजना गरेको शोकसभामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष बुढाथोकीलगायतले रकम हस्तान्तरण गरेका थिए । पहिरोमा घामबहादुर, उनकी श्रीमती राममाया, छोरी रोजी, छोरा राजन र नवीनको मृत्यु भएको थियो ।

पहिरोले हुत्ताएर घाइते भएका गोठे र उनकी श्रीमती गोरी विक पोखरामा उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । पहिरोका कारण मालिकाको २ नम्बर वडामा ११ घरपरिवार विस्थापित भएका वडाध्यक्ष बुढाथोकीले बताए । आइतबार २ नम्बर वडाको सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको थियो ।