close

मलेसियामा शक्तिशाली भूकम्प

मलेसियामा शक्तिशाली भूकम्प

Trulli
ADVERTISEMENT

काठमाडौं । मलेसियामा गएको शक्तिशाली भूकम्प गएको छ । सोमबार बिहान राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर गएको ६ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । 

मलेसियाको भूकम्प मापन केन्द्रका अनुसार राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाएको छ ।

यद्यपि भूकम्पले भौतिक तथा मानवीय क्षति नभएको बताइएको छ । यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रवाह रोकिएको थियो ।