close

घोराहीमा चट्याङ लागेर २ महिलाको मृत्यु, १२ जना घाइते

घोराहीमा चट्याङ लागेर २ महिलाको मृत्यु, १२ जना घाइते

Trulli
ADVERTISEMENT

दाङ । घोराही उपमहानगरपालिका-१२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमका अनुसार अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको डिएसपी गौतमले बताए । 

मृत्यु हुनेहरूको नाम खुलिसकेको छैन । आज बिहान वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएपछि घटनास्थलतर्फ प्रहरी पठाइएको डिएसपी गौतमले बताए । 

उनका अनुसार घटनास्थलमा पुग्न ४ घण्टा पैदल हिड्नुपर्छ ।