close

तुर्माखाँदका ८१८ परिवार पहिरोबाट प्रभावित

तुर्माखाँदका ८१८ परिवार पहिरोबाट प्रभावित

Trulli
ADVERTISEMENT

अछाम । अविरल वर्षाका कारण पहिरो जाँदा तुर्माखाँद गाउँपालिकाका ८१८ परिवार प्रभावित भएका छन् । 

गत भदौ ३१ गते वडा नम्बर ५ मा गएको पहिरोमा परी ९ जनाको ज्यान गएको थियो । सोही वडाका ३२५ घर परिवार प्रभावित भएका थिए । पहिरो गएको एक हप्तापछि गाउँपालिकाले प्रभावितको संख्या सार्वजनिक गरेको हो ।

पहिरोमा परी वडा नम्बर-१ का ९०, वडा नम्बर-२ का ३२, वडा नम्बर-३ का ७५ र वडा नम्बर-४ का ६३ परिवार प्रभावित भएका छन् । 

त्यस्तै, वडा नम्बर-६ का ५५, वडा नम्बर-७ का १०८ र वडा नम्बर-८ का ७० परिवार प्रभावित भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए । 

पहिरोबाट प्रभावितहरूलाई आवश्यकताका आधार तत्काल राहत वितरण गर्न सरोकारवातालाई अनुरोध गरेको छ ।  साथै राहतमा सहयोग गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग गाउँपालिकाले सहयोगका लागि अनुरोधसमेत गरेको छ ।