close

भूकम्प प्रभावित गाउँपालिकालाई काठमाडौँ महानगरको १० लाख रुपैयाँ सहयोग

भूकम्प प्रभावित गाउँपालिकालाई काठमाडौँ महानगरको १० लाख रुपैयाँ सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भूकम्पबाट प्रभावित गाउँपालिकालाई विपद् व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयाेग गरेकाे छ । महानगरपालिकाले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिकालाई विपद व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग उपलब्ध गरेकाे हाे।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)का स्वकीय सचिव भूपदेव शाहले गाउँपालिकाको कार्यालयमा पुगेर अध्यक्ष राम उपाध्यायलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । महानगरको विपद व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गरिएको जनाएकाे छ।

गएको कार्तिक २९ गते राष्ट्रिय सभा गृहमा बसेको महानगरको १० औँ कार्यपालिका बैठकले भूकम्पबाट सवैभन्दा धेरै प्रभावित पूर्वीचौकी गाउँपालिकालाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सहयोग प्राप्त गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा गाउँपालिकाका अध्यक्ष उपाध्यायले, विषम परिस्थितिको सामना गर्न महानगरबाट प्राप्त भएको सहयोगबाट राहत महसुृस भएको बताए ।