close

भूकम्प पीडितलाई गोदावरी नगरपालिकाको २५ लाख सहयोग

भूकम्प पीडितलाई गोदावरी नगरपालिकाको २५ लाख सहयोग

Trulli
ADVERTISEMENT

ललितपुर - गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडित परिवारको उद्धार, राहत र पुर्नबासको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले सो रकम जिल्ला दैविक प्रकोप समितिलाई हस्तान्तरण गरिने नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भूकम्प पीडितको राहतको लागि सो निर्णय गरेको जानकारी दिए ।