close

जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

Trulli
ADVERTISEMENT

जाजरकोट- भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । 

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।”

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका थिए ।