close

भूकम्पबाट नलगाड नगरपालिकाको ८ हजार ९७ घरमा क्षति

भूकम्पबाट नलगाड नगरपालिकाको ८ हजार ९७ घरमा क्षति

Trulli
ADVERTISEMENT

सुर्खेत- भूकम्पबाट नलगाड नगरपालिकामा ८ हजार ९७ घरधुरी पूर्णरुपमा क्षति भएको छ । 

नगरपालिकाले भर्खरै सम्पन्न गरेको लगत विवरणअनुसार त्यहाँका प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजारका दरले रकम दिँदा ४० करोड ४८ लाख ५० हजार रकम आवश्यक पर्छ । 

अस्थायी आवास निर्माणका लागि केन्द्र सरकारले तयार पारेको कार्यविधि अनुसार लगत सङ्कलन गर्दा वडा नम्बर १ मा मात्रै ९८४ घरमा क्षति पुगेको छ । वडा नम्बर २ मा ४७७ घर, वडा नम्बर ३ का ६७४ परिवार, वडा नम्बर ४ मा ४५१ घर, वडा नम्बर ५ मा ९५१ घर पूर्ण रुपमा क्षति भएको हो । 

त्यस्तै, वडा नम्बर ६ का ६६९ परिवार, वडा नम्बर ७ का ६३८ परिवार, वडा नम्बर ८ का ९१३ परिवार, वडा नम्बर ९ का ५५६ परिवार, १० का ३७८ परिवार र ११ वडाको ३७४ घर, वडा नम्बर १२ का ५५१ परिवार र १३ वडाका ४८१ घरमा क्षति पुगेको नगरपालिकाले जनाएको छ ।