close

कोरोना महामारीमा पनि बन्द भएनन् नाम्खाका विद्यालय

कोरोना महामारीमा पनि बन्द भएनन् नाम्खाका विद्यालय

Trulli
ADVERTISEMENT

हुम्ला- जिल्लामा कोरोना कहरका कारण शैक्षिक गतिविधि ठप्प रहे पनि हिमालपारिको गाउँपालिका नाम्खा–६ लिमीका २ सामुदायिक विद्यालयमा भने निरन्तर पढाइ भइरहेको छ ।

जिल्लामा रहेका ७ स्थानीय तहले आ-आफ्नै तरिकारले विद्यालय सञ्चालन र बन्द गर्ने निर्णय गरे पनि चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमीले भने शैक्षिक गतिविधि नियमित रुपमा सञ्चालन गरिरहेको हो  ।

जिल्लाका ७ स्थानीय तहका ४४ वडामध्ये नाम्खा गाउँपालिकाको ६ नम्बर वडाले कोरोना महामारीकै बेला पनि विद्यालयमा पठनपाठन नियमित गर्दै आएको छ ।  तर हुम्लाका ४३ वडाले विद्यालय सञ्चालन गर्ने÷नगर्ने भन्नेमा अन्योल छ ।

सरकारले विद्यार्थी सिकाइ निर्देशिका, ०७७ जारी गरे पनि हुम्लामा विद्युत् र इन्टरनेटको पहुँच नभएका कारण  विद्यालय सञ्चालन सहज नभएको हो ।  सरकारले जारी गरेको सिकाइ निर्देशिकामा रहेर विद्यालय सञ्चालनको तयारीमा जुटेको हल्जीस्थित सुनखानी प्राथमिक विद्यालयका प्रधानाध्यापक कर्ण बुढाले बताए ।

नाम्खा गाउँपालिकाको लिमीमा ३ वटा गाउँ रहेका छन् । यहाँ मानिसको आउजाउ कम रहेकाले नाम्खा गाउँपालिका वडा–६ स्थित लिमीका २  विद्यालयमा पठनपाठन भइरहेको छ । पठनपाठन सञ्चालन गरिएका विद्यालयमा अनुगमन, सुझाव संकलनलगायत गतिविधि भइरहेको पालिका शिक्षा इकाइ प्रमुख  खेम शाहीले जानकारी दिए ।
 
लिमीमा कोरोना त्रास रहे पनि जनसंख्या नै कम भएकाले २ विद्यालयमा पठनपाठन जारी रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

हुम्लाको नाम्खा गाउँपालिकाले भदौ २४ बाट विद्यालय बन्दको निर्णय गरे पनि लिमी–६ का २ विद्यालयमा पठनपाठन जारी छ । कोरोना त्रासका बेला  पनि पठनपाठन हुने विद्यालयमा सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङ रहेका छन् ।

हाल सञ्चालनमा रहेका विद्यालयमा सरकारी दरबन्दीका शिक्षकभन्दा निजी स्रोतका शिक्षक रहेकाले पढाइ जारी रहेको अध्यक्ष पाल्जोर तामाङ सुनाउँछन् ।

एउटा  कक्षामा २० भन्दा बढी विद्यार्थी भए सिप्mटका आधारमा पढाउनुपर्ने मापदण्ड बनाएर विद्यालयहरू सञ्चालन गरिएको उनले जानकारी दिए । ‘यहाँका विद्यालयमा  २० देखि ५० विद्यार्थीहरू उपस्थित हुने हुँदा सिफ्टमा चलाउँदा कुनै समस्या छैन । विद्यालयहरूमा अहिले परीक्षा चलिरहेको छ’, तामाङले भने ।

७ स्थानीय तह पनि तयारीमा

ताजाकोट गाउँ कार्यपालिकाले लामो समयदेखि बन्द रहेका विद्यालय आउँदो १८ असोजबाट सुरु गर्ने निर्णय गरेको छ । गाउँपालिकामा रहेका सबै विद्यालयमा  पढाइ सुरु हुने ताजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकाललले जानकारी दिए ।

‘गाउँपालिकाबाट जिल्लाबाहिरका शिक्षकलाई असोज १६ सम्म पिसिआर परीक्षण गरी पालिका पुग्नुपर्ने निर्देशन दिएको छ’, ढकालले भने । जिल्ला सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा भने विद्यालय सञ्चालन गर्नेबारे अझै निर्णय भइसकेको छैन ।